रास्वपाबाट खस आर्य समानुपातिकतर्फ विष्णु थापाको उम्मेदवारी

२०८२ पुष १०, बिहीबार १८:३५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट खस आर्य समानुपातिक समूहमा फर्पिङ–दक्षिणकाली निवासी तथा नेपाली सेनाका पेन्सन प्राप्त विष्णु थापाले उम्मेदवारी दर्ता गराएका हुन्।

बिज्ञापन

थापा विगत लामो समय नेपाली सेनामा रहेर स्वदेश तथा विदेशका विभिन्न मिसनमा सहभागी हुँदै आएका अनुभवी व्यक्ति हुनुहुन्छ। सेनामा रहँदा विभिन्न देशमा काम गर्ने क्रममा उहाँले अन्तर्राष्ट्रिय राजनीतिक प्रणाली, शासन शैली र संसदीय अभ्यासको गहिरो अध्ययन गर्नुभएको छ।




निडर र हक्की स्वभावका रूपमा परिचित थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, विचार र नेतृत्वलाई संसदिय मोर्चामा प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक विधि र प्रक्रियाको सम्मान गर्दै जनमैत्री नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभएको छ।

बिज्ञापन

उम्मेदवार थापाले सुशासन प्रवर्द्धन, भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने, पार्टी सदस्यहरूको विचार र भावनाको सच्चा प्रतिनिधित्व गर्ने तथा सुसंस्कृत र जनकेन्द्रित संसदीय अभ्यासलाई संस्थागत गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ।

यसैक्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्य, शुभचिन्तक, समर्थक तथा ‘घण्टी प्रेमी’ सदस्यहरुलाई आफूलाई मतदान गरी जनताको सेवा गर्ने अवसर दिन आग्रह गर्नुभएको छ।

बिज्ञापन
२०८२ पुष १०, बिहीबार १८:३५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना