काठमाडौ । आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको चाैथाे वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन चलचित्र विकास बाेर्ड काठमाडौमा शनिबार सम्पन्न भएको छ । संघका प्रदेश निवर्तमान अध्यक्ष रेशम कुमार स्याउली तामाङकाे संयाेजकत्वमा भएको कार्यक्रम साधारणसभा तथा अधिवेशन सँगै काेन्ज्याेसाेम समुहको ” लघु चलचित्र श्यामा पिन्बा” र wild yak motion pictures काे निर्माणमा रहेको तामाङ चलचित्र “तामाङला काेला” च्यारिटि साे पनि गराएका थिएँ । विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै उद्घाटन सत्र समापन गरि बन्द सत्र सुरु गरिएको थियोे । अधिवेशनबाट अध्यक्षमा भुपेन्द्र रिखाम मगर




उपाध्यक्षहरुमा
सुस्मिता गुरुङ, पुष्पाञ्जली तिलुङ लिम्बु, सुन्जित माझी रहेका छन् यसैगरी महासचिवमा नेत्रबहादुर भुजेल,सचिवमा मनिका सिंङतान, बालकुमार राई निर्वाचित भएका छन् । काेषाध्यक्षमा भने काम कर्तव्य र जिम्मेवारीकाे मुल्यांकन गरेर कार्यसमितिले मनाेनित गर्ने भएको छ । सह काेषाध्यक्षमा गाेपाल पुन मगर र सदस्यहरुमा भावना भुजेल, विमला भुजेल, सुमित्रा बुढा मगर, ममता माझी र राजु राई निर्वाचित भएका छन् । सल्लाहकार समितिमा प्रमुख सल्लाहकार रेशक कुमार स्याउली तामाङ, दिपक तामाङ लगायतका चयन गरिएको छ ।
बिज्ञापन
कार्यक्रम सम्पन्न गर्नका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु लगायत प्रत्यक्ष एवम् अप्रत्य रुपमा सहयोग पुर्याउनु भएको सबैलाई महासंघले धन्यवाद व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्