काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
बिज्ञापन
बिहीबार तुलसीपुर–५ वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने लाई स्वागत गर्न आयोजित कार्यक्रममा उपस्थित भीडका बीच एमालेको झण्डा जलाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
बिज्ञापन
घटनामा अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। साथै निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र संयमित व्यवहार गर्न सबै पक्षलाई आग्रह गरिएको छ।




प्रतिक्रिया दिनुहोस्