काठमाडौं । आज चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित वडा कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारी समयमै अनुपस्थित हुँदा सेवा लिन आएका सेवाग्राही निराश भएका छन्।
बिज्ञापन
स्थानीयका अनुसार बिहान ९ बजे देखि विभिन्न कामका लागि वडा कार्यालय पुगेका सेवाग्राहीले कार्यालयमा कुर्सी खाली मात्र भेटे। विशेषगरी आफ्नो कर तिर्न आएका नागरिकले कुनै जिम्मेवार व्यक्ति उपस्थित नभेटेपछि समष्टि मिडियालाई गुनासो गरेका थिए।
बिज्ञापन
“हामी कर तिर्न आएका थियौं, तर न जनप्रतिनिधि छन् न कर्मचारी। यसरी सेवा नपाउँदा हैरानी भएको छ,” एक सेवाग्राहीले बताए।
वडा कार्यालयमा सेवा प्रवाह नहुँदा स्थानीयले जनप्रतिनिधि र कर्मचारीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । नियमित सेवा दिनुपर्ने सरकारी कार्यालयमै यस्तो अवस्था देखिनु जिम्मेवारीप्रति लापरबाही भएको आरोप उनीहरूको छ।
बिज्ञापन
यस घटनाले स्थानीय तहको सेवा प्रवाहप्रति प्रश्न उठाएको छ। कतिपयले संघीय सरकारको निर्देशनको पालना नगरेको हो कि भन्ने आशंका समेत व्यक्त गरेका छन्।
स्थानीय बासिन्दाले यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै नियमित र प्रभावकारी सेवा सुनिश्चित गर्न माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्