काठमाडौ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले अाठाैँ नुवाकोट साहित्य पदयात्रासँगै मनका झिल्काहरु पुस्तक सार्वजनिक गरेका छन् । उक्त कृतिमा एक जिल्लाका ६ जना साहित्यकारहरुलाई पढ्न पाइन्छ ।
बिज्ञापन
नुवाकोटका ६ जना साहित्यकारहरुकाे संयुक्त कृति मनका झिल्काहरुमा नुवाकोटको लाेकप्रिय बरिस्ठ कवि श्रीराम श्रेष्ठ, युवा कवि करण तामाङ, प्रकृतिवादी कवि रामकृष्ण अमर, नारीवादी कवि जानुका दाहाल, प्रमिला परी र भगवती खनालकाे संयुक्त कृति शनिबार बेलकाेटगढी नगरपालिका चिम्टेश्वर नुवाकोटमा विमाेचन गरिएको हाे । उक्त कृतिमा प्रत्येक कविकाे ४०/४० वटाका दरले २४० वटा मुक्तकहरु समावेश गरिएको छ । प्रकृति, संस्कृति , प्रेम, मिलन, बिछाेड, वेदना, करुणा, श्रृङ्गार, सान्त्वना, धेरै पक्षलाई संगालेर अाफ्नाे सिर्जनाहरुलाई पस्केकाे देखिन्छ ।
बिज्ञापन
संयुक्त कृतिहरु नेपाली साहित्यमा धेरै देखिन्छ तर याे मनका झिल्काहरु भने एकदमै फरक र नाैलाे ढंगले निर्माण गरिएको छ । ६ जनाकाे रचना सिर्जनाहरु एउटै कृतिमा समावेश गरि सार्वजनिक गर्नु एकताकाे प्रतिक र पृथक सन्देशकाे रुपमा लिएको छ । ६ जना कृतिकारहरुमा ३ जना महिला र ३ जना पुरुष रहनुले पनि समावेशीता अब्बल देखाएको छ । कृतिकारहरुमा श्रीराम श्रेष्ठ सबैभन्दा धेरै कृति सार्वजनिक गर्ने साहित्यकार हुन् । उनका कृतिहरु तीन दर्जन नजिक सार्वजनिक गरिसकेका छन् । कवि करण तामाङकाे भने याे तेस्राे कृति हाे । साथै रामकृष्ण अमरकाे पनि दुई दर्जन नजिक संख्यामा कृतिहरु सार्वजनिक गरिसकेका छन् । भगवती खनाल, प्रमिला परी र जानुका दहालकाे भने दाेस्राे काेसेली रहेको जानकारी दिएका छन् ।
“मनका झिल्काहरु” कृति नेपाली साहित्यमा उदाहरणीय बनेको छ ।






प्रतिक्रिया दिनुहोस्