बाडभञ्ज्याङमा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

२०८३ बैशाख ३१, बिहीबार ११:२९

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. २, बाडभञ्ज्याङमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सहायक सामग्री नापजाँच तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

बिज्ञापन

महिला वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष चन्द्रकुमारी गिरि बस्नेतको पहलमा वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरिएको हो।

बिज्ञापन

साथै वडा कार्यालयका अनुसार अपाङ्गता भएका नागरिकहरूको दैनिक जीवन सहज बनाउन तथा उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।

कार्यवाहक वडा अध्यक्ष बस्नेतले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र उनीहरूको जीवनस्तर सुधारका लागि वडा कार्यालय निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो।

बिज्ञापन
२०८३ बैशाख ३१, बिहीबार ११:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना