रास्वपाको विज्ञान, सञ्चार तथा सूचना विभागमा तीन सदस्य थप

२०८३ जेष्ठ ९, शनिबार ०६:३९

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना विभागलाई पूर्णता दिने क्रममा थप तीन जनालाई विभागीय सदस्यमा मनोनित गरेको छ। विभागका निमित्त प्रमुख डा. अभिजित गुप्ताको सिफारिसमा पार्टीका महामन्त्री भुपदेव शाह ले नवमनोनित सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै स्वागत गरेका हुन्।

बिज्ञापन

मनोनयन कार्यक्रमका क्रममा महामन्त्री शाहले विज्ञान, सञ्चार तथा सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले नवमनोनित सदस्यहरुलाई पार्टीको उद्देश्य र जनअपेक्षाअनुसार जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका थिए।
त्यस अवसरमा विभागका निमित्त प्रमुख डा. अभिजित गुप्ता ले नवमनोनित सदस्यहरुलाई शुभकामना दिँदै पार्टीको नीति, विधान तथा पदीय जिम्मेवारीलाई आत्मसात् गरेर कार्य गर्न सुझाव दिए। उनले विज्ञान, सञ्चार र प्रविधिको माध्यमबाट देश, जनता तथा पार्टीको हितमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिए।

बिज्ञापन

रास्वपाले विभागलाई थप सक्रिय, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रका दक्ष व्यक्तिहरुलाई समेट्दै संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ।

बिज्ञापन
२०८३ जेष्ठ ९, शनिबार ०६:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना