काठमाडौं: असोज २१ — जेनजी युवाको आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते शहीद भएका व्यक्तिहरूका परिवारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्। शहिद परिवारका सदस्यहरू मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेर उक्त जाहेरी दर्ता गरेका थिए । उनीहरू सोमबार नै जाहेरी दर्ता गर्न […]
काठमाडौँ : आज स्वतन्त्र स्वयंसेवक टिम र राजमान मानवको टिम लगायत हर्क साम्पाङको टिमले संयुक्त रुपमा कीर्तिपुरको प्रहरी चौकीमा सरसफाई पुनर्निर्माण साथै रङरोगन गर्दैछन् । जेनजि आन्दोलनमा आगोलागिले ध्वस्त भएका कीर्तिपुरको प्रहरी चौकी सरसफाई रङ्गरोगन साथै पुनर्निर्माण को काम गर्न लागेको अभियान्ता समाजसेवी राजमान मानवले बताएको हो। उनले बोल्ने क्रममा भने हामीलाई विभिन्न तवरबाट सहयोग […]
काठमाडौँ । देशभर निरन्तर परेको वर्षाका कारण आज विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। धादिङको जवाङ खोला नजिक पहिरो खसेपछि काठमाडौँतर्फ जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ। यसले गर्दा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा बाधा पुगेको छ। त्यस्तै,नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भई अहिले आंशिक रूपमा मात्र एकतर्फी […]
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातारको वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा डुबान जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी आवतजावत तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। शनिबार बिहान जारी विज्ञप्तिमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले असोज १८, १९ र २० गतेसम्म उपत्यकासँग जोडिएका सबै राजमार्गमार्फत […]
काठमाडौं: उपत्यकामा शनिबार ८–१० घन्टासम्म लगातार भारी वर्षा हुने सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले शुक्रबार जानकारी दिँदै भने, “दिनभरि हल्का देखि मध्यम वर्षा रहनेछ, तर शनिबार दिउँसोदेखि भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ।” बागमती, मधेस र कोशी प्रदेशका अधिकांश स्थान वर्षाबाट प्रभावित हुने र लुम्बिनी तथा गण्डकी […]
काठमाडौँ: आज काठमाडौँ उपत्यकामा साधारणतय वर्षा भैरहेको छ भने मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सबै प्रदेशमा साधरणतया बदली रहने छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका […]
नेपाल – सुन्दरता, विविधता र गौरवको देश नेपाल एक प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराई मिलेर बनेको यो राष्ट्र संसारकै अनौठो भौगोलिक संरचनामा पर्छ। उत्तरमा विश्वकै अग्लो हिमाल सगरमाथा उभिएको छ भने दक्षिणमा हरियाली तराई फैलिएर बसेको छ। नेपाललाई संसारभरि “गौतम बुद्ध जन्मभूमि” को रूपमा चिनिन्छ। शान्ति, […]
काठमाडौँ । आज उपत्यकाको विभिन्न सडकहरु सुनसान छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो गाउँघरजाने क्रम सुरु भए सगै सुनसान भएको हो । आजभोलि दैनिक सवारी चापमा ४० देखि ५० प्रतिशतसम्म गुड्न थालेका छन् । काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड पनि कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य […]
बजारमा सस्तो पाइने तरकारी हो स्कुस । स्कुस बहुउपयोगी तरकारी हो । स्कुसको मुन्टा, फल र जरा सबै खान मिल्छ । यसमा एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्व हुने भएकाले स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो । स्कुस पोषक तत्वले धनी तरकारी हो । यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । […]
काठमाडौं : नेपाल र वेष्ट इन्डिजबीचको युनिटी कपको दोस्रो खेलमा नेपालले १० ओभरमा ७४ रन बनाएको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ७४ रन बनाएको हो। नेपालले पहिलो विकेट कुशल भुर्तेललाई २ रनमा गुमायो भने दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेल ३ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै […]