काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका समाजवादी नेता तथा मधेश प्रदेशसभा सदस्य रामअशिष यादवले महोत्तरीको बलवा नगरपालिका–परौलस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवभूमि बाबा कारिक स्थानको मंगलबार स्थलगत निरीक्षण गरेका छन्। मधेश प्रदेशको प्रमुख आस्था एवं सांस्कृतिक गन्तव्यका रूपमा चिनिएका बाबा कारिक स्थानको अवलोकन गर्दै सांसद यादवले प्रदेश सरकारले योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार तथा […]
काठमाडौँ । एमालेको आजको आन्दोलनलाई रोक्न जेनजी युवाहरूले माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले एमालेको आन्दोलनलाई “जनविरोधी” भन्दै सडक अवरोध गर्ने गतिविधि बन्द गर्न आग्रह गरेका छन्। प्रदर्शनमा सहभागिहरूले पूर्वमूख्य न्यायाधीश तथा प्रधानमन्त्री नेतृ सुशीला कार्कीले जेनजी पुस्ताका मागहरूलाई व्यवस्था गरेको आफ्नो सत्तालाई टिकाइराखेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, कार्कीले जनताको आवाज […]
काठमाडौँ । आज काठमाडौं उपत्यकामा नेकपा एमालेले आन्दोलन गर्ने भएका छन् । पार्टी नेता महेश बस्नेतले नेसनल भोलेन्टियर नामक युवा संगठन मार्फत यस आन्दोलनलाई प्रभावकारी बनाउने बताएका छन्। उनका अनुसार करिब २० हजार युवा रातो क्याप लगाएर सडकमा उतारिनेछन्। बस्नेतले स्पष्ट पारेका छन् कि आन्दोलन शान्तिपूर्ण ढंगले सञ्चालन हुनेछ र यसको अन्तिम गन्तव्य बानेश्वरस्थित एभरेस्ट […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा रास्वपालाई देशको पहिलो राजनीतिक शक्ति बनाउने दाबी गरेका छन्। बिहीबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले हाल चौथो स्थानमा रहेको रास्वपा अब एक नम्बरको पार्टी बन्ने लक्ष्यसहित अघि बढेको बताए। विगतको राजनीतिक यात्राको स्मरण गर्दै वाग्लेले भने, “२०७९ साल […]
काठमाडौं । नेपालका उत्तरी पहाडी जिल्लाहरू—मनाङ र मुस्ताङ—मा यतिखेर असामान्य रूपले समयअगावै हिमपात भएको छ। लगातारको हिउँका कारण स्थानीय यातायात, दैनिक कार्य तथा पर्यटकीय गतिविधि समेत प्रभावित बनेका छन्। त्यस्तै, देशका दक्षिणी तराई भू–भागमा शीतलहरकै प्रभाव तीव्र हुँदै गएको छ। बिहान–साँझ बाक्लो हुस्सु, चिसो हुरी र न्यून तापक्रमका कारण सामान्य जनजीवन कष्टकर बनेको छ। विद्यालयको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलिस्थित घण्टीघर–चामतीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमका क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने भएका छन्। पार्टीका केन्द्रीय (Rat) बिभागका सदस्य ऋषिराम बरालका अनुसार विशेष तयारीसहित भोलिको कार्यक्रम आयोजित गरिएको छ। नयाँ प्रवेशकर्ताहरूलाई पार्टी उपसभापति डिपी अर्यालले […]
काठमाडौँ । बाराको सिमरामा बुधबार बिहानबाट अवस्था तनावग्रस्त बनेको छ। काठमाडौंबाट सिमरा आउँदै गरेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई स्वागत गर्न विमानस्थल क्षेत्रतर्फ आएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको हो। एमाले नेता पोखरेल र बस्नेत बुधबार बिहान ११ बजे सिमरा अवतरण गर्ने कार्यक्रम थियो। उनीहरूलाई […]
काठमाडौँ । पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य रमा आलेमगर काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आईसीयूमा उपचाररत रहेको उनका निजी सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार आलेमगर लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आइरहेकी छन्। अवस्था जटिल भएपछि केही दिनअघि उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएकामा हाल आईसीयू राखेर उपचार भइरहेको जनाइएको छ। उनी अहिले चिकित्सकको […]
दैलेख । करिब एक वर्षअघि निर्माण सुरु गरिएको दैलेख जिल्ला अस्पतालको नयाँ भवन आजसम्म पनि पूरा हुन नसक्दा स्थानीयवासी र उपचारका लागि आउने सेवाग्राही मारमा परेका छन्। ठेकेदार कम्पनीको लापरबाही र कार्यप्रगति सुस्त भएको कारण अस्पतालका प्रमुख संरचनाहरू अधुरै अवस्थामा छन्। निर्माणका लागि तोकिएको समयसीमा सकिएकोमा पनि काम पूरा नभएपछि स्वास्थ्य सेवा प्रभावित भएको अस्पताल […]
प्युठान । प्युठानका विभिन्न गाउँ–बस्तीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाउँदै संगठन विस्तार अभियानलाई गति दिएको छ। ‘गाउँ–गाउँमा रास्वपा’ अभियानसँगै स्थानीय क्षेत्रमा पार्टीप्रति आकर्षण बढ्दै गएको र नयाँ सदस्यहरूको प्रवेश पनि उल्लेख्य रूपमा वृद्धि भएको पार्टी स्रोतले जनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी पंक्ति सुदृढीकरणको अभियान सञ्चालन गरिरहेको छ। […]











