चैत्र २२,काठमाडौं। नेपाली ख्रीष्टियन समुदायको दोस्रो ठूलो पर्व पुनरुत्थान दिवस (इस्टर)को अवसरमा आज दशरथ रंगशाला मा भव्य महोत्सव सम्पन्न भएको हो। करिब ३५ हजारभन्दा बढी विश्वासीहरूको सहभागिता रहेकोे थियो। साथै कार्यक्रम ऐतिहासिक देखिन्थ्यो। काठमाडौं, भक्तपुर, ललितपुरसहित धादिङ र काभ्रेका मण्डलीहरूको उल्लेखनीय सहभागिताले समुदायबीचको एकता झल्काएको थियो। बिहान विभिन्न १७ स्थानबाट शान्तिपूर्ण र्याली सुरु भई सहभागीहरू […]
काठमाडौं। डोलप्रसाद अर्याल ले प्रतिनिधिसभाको सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे लिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। सङ्घीय संसद् सचिवालयका अनुसार सभामुख पदका लागि तोकिएको उम्मेदवारी दर्ता समयभित्र अर्यालको मात्र उम्मेदवारी परेको थियो। सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको […]
विराटनगर । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपमा छलफल […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आफ्नो पार्टीलाई जनताले केवल सिंहदरबार चलाउने होइन, त्यसलाई रूपान्तरण गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले आफूहरूले परिवर्तनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै अब प्रणाली सुधारको दिशामा अघि बढ्ने स्पष्ट पारे। “हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो। हामीले बदल्न सुरु गरिसकेका छौं,” लामिछानेले भने। […]
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्थालाई स्पष्ट र व्यवस्थित बनाउन सरकारले नयाँ प्रक्रिया अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधानलाई पुनः जोड […]
काठमाडौं । सरकारले अनावश्यक सरकारी कार्यालयहरू खारेज गर्ने तयारी थालेको छ । संघ, प्रदेश र स्थानीय तहमा कायम रहेका अनावश्यक संरचना पहिलो चरणमा खारेज गर्ने तयारी भएको हो । त्यसबाहेक कतिपय सार्वजनिक निकाय एकआपसमा गाभ्ने तथा प्रदेशमा हस्तान्तरण गर्नुपर्ने निकाय हस्तान्तरण गर्ने तयारी समेत अगाडि बढेको छ । मुलुक संघीय संरचनामा गइसकेपश्चात् संघले गर्दै आएका […]
काठमाडौं । आज यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीले बताए । फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरुलाई प्रहरी […]
काठमाडौं। नेपालका तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्ति छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। सम्पत्ति शुद्धीकरण विभागको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। स्रोतका अनुसार सम्भावित अवैध सम्पत्ति, आय स्रोत तथा वित्तीय कारोबारबारे विस्तृत जाँच गरिनेछ। यो कदमले उच्च तहका राजनीतिक व्यक्तिहरूमाथि पनि […]
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का लाई निवासबाट बरामद भएको रकमसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन्। आइतबार बिहान खड्कालाई नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले २४ भदौको जेनजी आन्दोलनका क्रममा खड्काको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा उनलाई पक्राउ गरिएको बताएका हुन्। उक्त आन्दोलनका क्रममा खड्काको […]
तस्वीर=Ai काठमाडौं। पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत पेश गर्ने भएका छन्। दुवै नेतालाई शनिबार काठमाडौं प्रहरीले पक्राउ गरेको थियो। प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार ओलीलाई चिकित्सकको सल्लाहमा त्रिवि शिक्षण अस्पताल र लेखकलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ । उनीहरूमाथि मुलुकी […]











