काठमाडौं । क्षेत्र नं. १० का प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टले आज सिंहदरबारमा बालेन्द्र शाहसँग भेटवार्ता गर्दै आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकाससम्बन्धी मुद्दाहरू प्रस्तुत गरेका छन्। भेटका क्रममा सांसद बिष्टले क्षेत्र नं. १० का नागरिकहरूको जनअपेक्षा अनुरूप पूर्वाधार, सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षा लगायतका आधारभूत आवश्यकताहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका थिए। उनले क्षेत्रका […]
काठमाडौं । ड्युटी सकेर घर फर्कँदै गरेका ट्राफिक प्रहरी अधिकृत सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा मोटरसाइकलमा घर फर्किँदै गर्दा गएराति करिब ११:१५ बजे ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका हुन्। लामा सवार बागमती प्रदेश ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर […]
काठमाडौं। सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा गृह मन्त्रालय ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे औपचारिक प्रतिक्रिया दिएको हो। विज्ञप्तिअनुसार, प्यूठानका एक युवालाई २०८२ चैत २६ गते प्रहरीले नियन्त्रणमा लिएको र साइबर अपराधसम्बन्धी कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइएको उल्लेख छ। […]
(तस्वीर=AI) काठमाडौं । गृहमन्त्री सुदन गुरुङ ले विकास आयोजनामा ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने ठेकेदार कम्पनीलाई ब्ल्याकलिस्टमा राखिने चेतावनी दिएका छन्। गृहमन्त्री गुरुङले काठमाडौंको चन्द्रागिरि किसिपिडीबाट टोटिटोल हुँदै धादिङको झ्याप्लेखोला निस्कने निर्माणाधीन सुरुङमार्गको स्थलगत अवलोकन गर्दै यस्तो बताएका हुन्। उनले समयमै काम सम्पन्न नगर्ने र गुणस्तरमा सम्झौता गर्ने निर्माण कम्पनीहरूलाई कडा कारबाही गरिने स्पष्ट पारे। […]
काठमाडौं । उपत्यकामा पछिल्लो समय अपराधका घटनाहरू बढ्दै गइरहेका बेला चन्द्रागिरी नगरपालिकामा एक अज्ञात पुरुषको कंकाल फेला परेको छ। चन्द्रागिरी नगरपालिका–२ बाणभन्ज्याङस्थित वडा कार्यालय पछाडिको मसिने जाने बाटो नजिक देउराली चण्डिका देवी मन्दिर मुनिको जङ्गल क्षेत्रमा उक्त कंकाल भेटिएको हो। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी वृत्त थानकोट बाट खटिएका प्रहरी निरीक्षक अजय […]
काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूमा “शून्य बाँकी फाइल सप्ताह (Zero Pending File Week)” अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले जारी गरेको पत्रअनुसार विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहका कार्यालयहरूमा दर्ता भएका फाइलहरू अनावश्यक रूपमा थन्किने, निर्णय प्रक्रियामा ढिलाइ हुने तथा माथिल्लो तहमा पठाउने प्रवृत्तिका कारण सेवा […]
काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रतिनिधि सभामा शुक्रबार भएको मतदानमा ठाकुरले स्पष्ट बहुमत प्राप्त गर्दै उपसभामुख पदमा निर्वाचित भएकी हुन्। मतदानमा […]
काठमाडौं । श्रम संस्कृति पार्टीका माननीय: आरेन राईले संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रजस्ता मूल मूल्यमा कुनै प्रकारको दायाँबायाँ गर्न खोजिए कडा प्रतिकार गरिने चेतावनी दिएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले यी आधारभूत मान्यतामाथि खेलबाड गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनले नेपालको संविधानले स्थापित गरेका व्यवस्थाहरूलाई कमजोर पार्ने वा उल्ट्याउने प्रयास भए त्यसविरुद्ध सशक्त रूपमा […]
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले नवदीक्षित अधिकृतहरूलाई राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन्। प्रधानमन्त्री शाह ले नेपाली सेनाका नवदीक्षित अधिकृतहरूलाई राष्ट्रप्रति इमानदार, अनुशासित र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्। साथै सैन्य अधिकृतहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले देशको सुरक्षा, सार्वभौमिकता र राष्ट्रिय एकताको संरक्षणमा सेनाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नयाँ अधिकृतहरूलाई […]
काठमाडौं । काठमाडौं उपत्यकामा माला बनाउने तथा बिक्री गर्ने नाममा सञ्चालित केही कम्पनीहरूले सर्वसाधारणलाई ठगी गरेको घटना बढ्दो रूपमा बाहिर आउन थालेको छ। सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत आकर्षक आम्दानीको प्रलोभन देखाउँदै यी कम्पनीहरूले बेरोजगार युवा तथा गृहिणीलाई लक्षित गरी जालो फैलाएको पाइएको छ। प्रारम्भमा सजिलो काम र राम्रो आम्दानीको आश्वासन दिएर उनीहरूलाई फसाउने गरिएको पीडितहरूले […]











