तस्वीर -Ai ललितपुर। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुर को आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएको छ। प्रारम्भिक सुनुवाइपछि अदालतले उनलाई नख्खु कारागार चलान गर्न आदेश दिएको हो। मल्ललाई गत चैत १४ गते सातदोबाटो क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि ३० वर्षीया एक महिला कलाकारलाई बलात्कार गरेको गम्भीर अभियोग लागेको छ। यस […]
काठमाडौं। महानगरपालिकाले खोला–नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्न थालेको छ। बिहीबार साँझदेखि सुरूमा तीन वटा स्थानमा जानकारी गराउन थालिएको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्न पठाइएका छन्। साथै महानगर प्रहरीले माइकिङ गर्दा ६ वटा बुँदा भनेको छ। पहिलो, अवैध रूपमा बनाइएका घर–टहराहरू […]
काठमाडौँ । काठमाडौँ क्षेत्र नं.९ बाट निर्वाचित सभामुख डिपि अर्याल आज चन्द्रागिरीको वार्ड नं १ स्थित कृष्ण मन्दिरमा पुग्ने कार्यक्रम रहेको छ। उहाँ दिउँसो १२ बजे मन्दिर परिसरमा उपस्थित हुने कार्यक्रम तय गरिएको जनाइएको छ। सोही अवसरमा स्थानीय मतदाताहरूसँग भेटघाट शुभकामना तथा समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम समेत रहेको छ। यद्यपि सोही कार्यक्रममा स्थानीय बासिन्दा […]
काठमाडौं। चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को माता तीर्थ क्षेत्रमा पछिल्लो समय गरिएको डिप बोरिङका कारण परम्परागत पानीका स्रोतहरू सुक्दै गएको भन्दै स्थानीयवासीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार, वर्षौँदेखि प्रयोग हुँदै आएका धारा, पधेरा, इनार तथा कुवानालाहरू क्रमशः सुक्न थालेका छन्। “पहिले सहज रूपमा उपलब्ध हुने पानी अहिले दुर्लभ जस्तै भएको छ। अब […]
काठमाडौं । आज चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित वडा कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारी समयमै अनुपस्थित हुँदा सेवा लिन आएका सेवाग्राही निराश भएका छन्। स्थानीयका अनुसार बिहान ९ बजे देखि विभिन्न कामका लागि वडा कार्यालय पुगेका सेवाग्राहीले कार्यालयमा कुर्सी खाली मात्र भेटे। विशेषगरी आफ्नो कर तिर्न आएका नागरिकले कुनै जिम्मेवार व्यक्ति उपस्थित नभेटेपछि समष्टि मिडियालाई गुनासो गरेका थिए। […]
काठमाडौं । ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी प्रहरी वृत्त लैनचौर बाट थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन तथा अन्य संलग्न व्यक्तिहरूको खोजी कार्यलाई समेत […]
काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियामा उत्पन्न विशेष परिस्थितिलाई मध्यनजर गर्दै केही देशहरूमा श्रम स्वीकृति सम्बन्धी नयाँ निर्णय सार्वजनिक गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको विभागले जारी गरेको सूचनाअनुसार साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशहरूमा अस्थायी रूपमा श्रम स्वीकृति खुला गरिएको छ। […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ६ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले जारी रहेको छ। बैठक काठमाडौँको बनस्थलीस्थित चमती पाटीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, तथा आगामी रणनीतिबारे छलफल भइरहेको हो। पार्टीका शीर्ष नेताहरू तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको उक्त बैठकले महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपालका निजी क्षेत्र तथा गैरसरकारी संस्थाको नियमनकारी निकाय तोकिने भएको छ । कम्पनीहरूमा हुनसक्ने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले यस्तो व्यवस्था अघि बढाएको हो । अहिले कतिपय निकायहरू दर्ता भएर सञ्चालनमा रहे पनि उनीहरूको स्पष्ट नियमन कसले गर्ने भन्ने विषय अन्योलमा छ । विशेषगरी उत्पादनमूलक तथा व्यापारिक प्रयोजनका धेरै व्यावसायिक संस्थाहरू […]











