सभामुख डोलप्रसाद अर्यालको शपथ चैत २२ गते

२०८२ चैत्र २०, शुक्रबार १६:४०

काठमाडौं। डोलप्रसाद अर्याल ले प्रतिनिधिसभाको सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे लिने भएका छन्।

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। सङ्घीय संसद् सचिवालयका अनुसार सभामुख पदका लागि तोकिएको उम्मेदवारी दर्ता समयभित्र अर्यालको मात्र उम्मेदवारी परेको थियो।

बिज्ञापन

सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। उक्त अवधिमा अन्य कुनै उम्मेदवार नपरेपछि अर्याल निर्विरोध चयन भएका हुन्।

यससँगै अब अर्यालले चैत २२ गते औपचारिक रूपमा सभामुख पदको जिम्मेवारी सम्हाल्नेछन्।

बिज्ञापन
२०८२ चैत्र २०, शुक्रबार १६:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना