काठमाडौं। गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सन्दर्भमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। मन्त्रालयद्वारा जारी सार्वजनिक विदा सम्बन्धी सूचनाअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै २०८२/११/२० देखि २०८२/११/२२ गतेसम्म देशभर सार्वजनिक बिदा दिइने निर्णय गरिएको हो। यद्यपि सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशित […]
काठमाडौं,। १३ फागुन पुष्पकमल दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै पुष्पकमल दाहालले आन्तरिक अनुसन्धान प्रतिवेदनका आधारमा नेकपाले ६५ देखि ७० सिटसम्म प्रत्यक्षतर्फ जित हासिल गर्ने प्रक्षेपण गरिएको बताए। उनका अनुसार निर्वाचनको मितिसम्म पार्टीले थप सक्रियता र मेहनत गरेमा अपेक्षाभन्दा राम्रो […]
✍️ दिपेश श्रेष्ठ । मंगला देवी ठाकुरानी सुदूरपश्चिम प्रदेशकी एक अग्रणी महिला नेतृ तथा पूर्व संघीय मन्त्री हुन्। उनी विशेषगरी थारु समुदायको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएकी छन्। नेपाली कांग्रेससँग आबद्ध ठाकुरानी सामाजिक न्याय, समावेशी लोकतन्त्र र महिला सशक्तीकरणका मुद्दामा स्पष्ट धारणा राख्ने नेतृका रूपमा चिनिन्छिन्। जन्म मिति र जन्म स्थान मंगला देवी […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले पूर्वसभापति शेरबहादुर देउवा को निवासमा पैसा जलेको भनिएको विषयमा आफू निर्णय दिने अवस्थामा नरहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले उक्त विषयको सत्य–असत्यबारे निष्कर्ष निकाल्ने जिम्मा सम्बन्धित अनुसन्धान तथा कानुनी निकायको भएको स्पष्ट पारे। थापाले कुनै पनि आरोप वा घटनामा व्यक्तिगत टिप्पणी गर्नु उपयुक्त नहुने धारणा राखेका […]
सिन्धुली । मरिण गाउँपालिका–४ साहानस्थित निर्माणाधीन हिमालयन फुड कम्पनीमा चाइनिज र स्थानीय कामदारबीच भएको झडपमा सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयमा सुरु भएको भनाभन चर्किँदै जाँदा हातहालाहालको अवस्था सिर्जना भएको थियो। त्यसक्रममा दुवै पक्षका कामदार घाइते भएका हुन्। घाइते सबैलाई उपचारका […]
काठमाडौं । देशका विभिन्न भागमा आज आंशिक बदलीसहित मौसम सामान्यतया स्थिर रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। काठमाडौं उपत्यकामा बिहान हल्का कुहिरो देखिए पनि दिउँसो आकाश आंशिक रुपमा खुल्ने र घाम लाग्ने सम्भावना रहेको छ। अपराह्नपछि केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागले […]
काठमाडौं। गोकर्णेश्वर नगरपालिका-८अत्तरखेलमा नेकपा एमालेका कार्यकर्ताले विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट गरेका छन्। सोमबार सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा एमालेको झन्डा बोकेका कार्यकर्ताको समूहले पसलभित्रै पसेर विद्यार्थीहरूलाई कुटपिट गरेको देखिन्छ। घटना अत्तरखेलस्थित केक कर्नर एण्ड बेकरीमा भएको हो। प्रत्यक्षदर्शी तथा स्थानीयका अनुसार विद्यालयको पोसाकमा रहेका विद्यार्थीहरू पसलमा चिया खाइरहेका थिए।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत चन्द्रागिरि क्षेत्रमा नेकपा एमालेले सञ्चालन गरेको घरदैलो कार्यक्रममा स्थानीय मतदाताले असन्तुष्टि जनाएका छन्। घरदैलोका क्रममा मत माग्न पुगेका एमालेका नेता–कार्यकर्तालाई केही स्थानीयले यसपटक आफूहरूले मत नदिने स्पष्ट बताएका थिए। उनीहरूले विगतमा पार्टीले दिएका आश्वासन पूरा नभएको आरोप लगाउँदै “धेरै पटक हेरिसक्यौँ, अब मत बदल्ने निर्णयमा पुगेका छौँ” भन्ने […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको हो। बिहीबार तुलसीपुर–५ वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने लाई स्वागत गर्न आयोजित कार्यक्रममा उपस्थित भीडका बीच […]
काठमाडौं । एमाले महासचिव शंकर पोखरेल अप्ठ्यारोमा परेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले दाङ-२ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने सहमति गरेको भए पनि प्रलोपाका उम्मेदवार भने नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । यद्यपि केही हप्ताअघि प्रलोपा र एमालेबीच सहमति भएको थियो । सहमतिमा दाङ २ मा प्रलोपाले एमालेलाई सघाउने र […]











