काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिष्टले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएको मतमा बिष्टले अन्य प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै अग्रता कायम गरेका हुन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको छ। यस क्षेत्रको मतगणनालाई राजनीतिक दलहरू तथा […]

काठमाडौं । होली पर्व र आसन्न निर्वाचनका कारण यसपटक करिब ८ लाख ८४ हजार ९५ यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। ठूलो संख्यामा यात्रु बाहिरिएपछि उपत्यकाका सडकहरू यतिबेला प्रायः सुनसान देखिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहका अनुसार चुनावका कारण धेरै यात्रु बाहिरिँदा सवारी साधनको चाप उल्लेखनीय रूपमा घटेको छ। उनका अनुसार पछिल्ला […]

काठमाडौं । आसन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न राज्यले कडा सुरक्षा रणनीति अपनाएको छ। आकाशबाट ड्रोनमार्फत निगरानी र जमिनमा करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन गर्दै बहु–स्तरीय सुरक्षा घेरा बनाइएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरू संयुक्त रूपमा खटिएका छन्। संवेदनशील तथा अति–संवेदनशील […]

धादिङ। धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा केही मिडिया हाउसहरूमा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। उनले उक्त समाचार पूर्ण रूपमा भ्रामक रहेको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी यथावत् रहेको बताएकी छिन्। तामाङले आफ्नो फेसबुक सामाजिक सञ्जालबाट आफ्नो विरुद्ध अन्तिम समयमा ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्ने […]

काठमाडौं । निर्वाचनको मौन अवधिमा हुन सक्ने सम्भावित चलखेल, मतदातालाई प्रभाव पार्ने गतिविधि तथा आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रण गर्न सादा पोशाकका प्रहरी खटाइएको प्रहरीले जनाएको छ। प्रहरी उच्च अधिकारीले समष्टि नेपाल मिडियासँग कुरा गर्दै मौन अवधिमा पैसाको चलखेल, मतदाता प्रभावित गर्ने प्रयास, अवैध प्रचार–प्रसार र समूहगत गतिविधि रोक्न विशेष निगरानी बढाइएको जानकारी दिए। उनका अनुसार […]

पर्वत । कुश्मा नगरपालिका–१४ का वडाध्यक्ष रुद्र मोहन रिमाल विरुद्ध आचारसंहिता उल्लंघन तथा कृषकका लागि आएको अनुदानको कृषि चुना वितरण नगरी सडाइएको कृषकहरूको आरोप लागेको छ। स्थानीय कृषकहरूले कृषिसँग सम्बन्धित अनुदानका औषधी समयमै वितरण नगरिँदा गोदाममै थन्किएर सडेको दाबी गरेका छन्। उनीहरूका अनुसार राज्यको करबाट खरिद गरी कृषकलाई सहयोग पुर्‍याउने उद्देश्यले पठाइएका सामग्री उपयोगविहीन बनाइनु […]

काठमाडौं। निर्वाचन आयोगले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन विभिन्न कडा निर्णय तथा अनुरोध सार्वजनिक गरेको छ। आयोगले तोकिएको समयसीमा भित्र मात्रै प्रचार–प्रसार गर्न, मदिरा बिक्री–वितरणमा रोक लगाउन तथा सवारी साधन सञ्चालनमा नियन्त्रण गर्न स्पष्ट निर्देशन दिएको हो। आयोगका अनुसार फागुन १८ गते राति १२ बजेदेखि चुनाव प्रचार–प्रसार गर्न नपाइने व्यवस्था गरिएको छ। त्यसपछि […]

काठमाडौं । ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा आज फागु पूर्णिमा (होली) पर्व भव्य रूपमा मनाइएको छ। बिहानैदेखि सर्वसाधारण, युवा तथा पर्यटकहरूको उल्लेख्य सहभागितामा दरबार क्षेत्र र आसपासका गल्लीहरू रङ्गीन बने। एक–अर्कालाई अबिर र रङ लगाउँदै, सांगीतिक प्रस्तुति र नृत्यसहित उत्सवमय वातावरण सिर्जना गरिएको थियो। यस अवसरमा बसन्तपुरमा ठड्याइने परम्परागत “चीर” वा लिङ्गो विशेष आकर्षणको केन्द्र रह्यो। […]

रामेछाप, फागुन १८ — निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार रामेछाप नगरपालिका–२ सिरुबारीस्थित सडकखण्डमा भएको दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। मन्थलीबाट कालीकादेवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रतर्फ निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै […]

काठमाडौं, फागुन पूर्णिमा । आज देशभर फागु पूर्णिमा (होली) पर्व हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वले असत्यमाथि सत्यको विजय तथा आसुरी शक्तिमाथि दैवी शक्तिको उत्थानको सन्देश दिने विश्वास गरिएको छ। फागु पूर्णिमासँग जोडिएको धार्मिक किम्बदन्ती अनुसार हिरण्यकश्यप का पुत्र प्रह्लाद भगवान विष्णुप्रति अटुट आस्थामा अडिग थिए। प्रह्लादको भक्ति सहन नसकेपछि हिरण्यकश्यपले आफ्नी […]