बसन्तपुरमा भव्य होली उत्सव : ऐतिहासिक चीर (लिङ्गो) ले सम्झायो सत्यको विजय

२०८२ फाल्गुन १८, सोमबार २१:०८

काठमाडौं । ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा आज फागु पूर्णिमा (होली) पर्व भव्य रूपमा मनाइएको छ। बिहानैदेखि सर्वसाधारण, युवा तथा पर्यटकहरूको उल्लेख्य सहभागितामा दरबार क्षेत्र र आसपासका गल्लीहरू रङ्गीन बने। एक–अर्कालाई अबिर र रङ लगाउँदै, सांगीतिक प्रस्तुति र नृत्यसहित उत्सवमय वातावरण सिर्जना गरिएको थियो।


यस अवसरमा बसन्तपुरमा ठड्याइने परम्परागत “चीर” वा लिङ्गो विशेष आकर्षणको केन्द्र रह्यो। किम्बदन्तीअनुसार प्रह्लादलाई दहन गर्न खोज्दा दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिकाको दहन भई सत्य र भक्ति विजयी भएको घटनाको स्मरणमा चीर ठड्याउने परम्परा सुरु भएको विश्वास गरिन्छ। यही चीर फागु पूर्णिमासम्म पूजा–आराधनासहित राखी अन्तिम दिन विधिपूर्वक ढालिन्छ, जसले असत्य र आसुरी शक्तिमाथि सत्य र सदाचारको विजयको प्रतीकात्मक सन्देश दिन्छ।

बिज्ञापन

बसन्तपुरमा मनाइने होली सांस्कृतिक सहअस्तित्व, आपसी सद्भाव र ऐतिहासिक परम्पराको जीवन्त उदाहरणका रूपमा परिचित छ। प्रशासनले मर्यादित र सुरक्षित रूपमा पर्व मनाउन सबैलाई आग्रह गरेको थियो।
तस्वीरहरु= फोटो पत्रकार उत्तम तामाङ

Oplus_131074

oplus_2

बिज्ञापन
oplus_2
oplus_2

बिज्ञापन
२०८२ फाल्गुन १८, सोमबार २१:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना