काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।

एसिया कप २०२५ मा भारतले पाकिस्तानलाई दोसोपटक हराएको छ । आइतबार भएको सुपर–४ को खेलमा भारतले पाकिस्तानलाइ ६ विकेटले हराएको हो। पहिले ब्याटीङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । भारतले १८.५ ओभरमा सहजै सो लक्ष्य पुरा गरेको हो । भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ७४ रन प्रहार […]

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि […]

काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका […]

पर्वत:पर्वत जिल्ला मोदि गा पा को कार्यालय बाट करिब ४०० मिटरमा रहेको देउपुर जाने केरुङगा जङ्गल को बाटो देख्दा लाज पनि लजाएको छ । सुसासन को कुरा वर्षौ गरेर नथाक्ने बा र बा का कार्यकर्ताहरु यो विषयमा के भनेर कमेन्ट गर्ने हुन थाहा छैन । पूर्व मन्त्री सङ्घीय सम्सद पदम गिरी, प्रदेश सम्सद भक्त कुँवर, […]

मेवालाल यादव काठमाडौं : जेनजी आन्दोलनका कारण एक सातादेखि अवरुद्ध रहेको परोहा नगरपालिकाको नियमित सेवा सोमबारदेखि पुनः सुचारू गरिएको छ। नगरपालिकाका नगरप्रमुख शेख वकिलले नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयलाई नियमित सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन्। गत भदौ २४ गतेदेखि अवरुद्ध सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा ल्याउने निर्णय भएको हो। संघीय मामिला तथा […]

काठमाडौं : आज नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहण गर्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

काठमाडौं : नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुटमा संलग्न व्यक्ति नेकपा एमालेका कार्यकर्ता भएको खुलेको छ । अन्तरिम प्रधानमन्त्री चयनको माग गर्दै जंगी अड्डा अगाडि भेला भएका जेनजी समूहका युवाहरूबीच केहीबेर अघि विवाद चर्किँदा कुटाकुट भएको थियो । सोही घटनामा एमालेका कार्यकर्ता प्रमे लामासमेत संलग्न रहेको पाइएको छ । लामा अनेरास्ववियुका केन्द्रीय समिति सदस्य हुन् […]

काठमाडौँ । अन्तरिम सरकार गठनका लागि नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको मागेको छ । अहिले जेनजीका विभिन्न समूहले छलफलका लागि नाममा पठाउन थालेका छन् । उनीहरुले राजनीतिका तथा अर्थतन्त्रका जानकार व्यक्तिहरु सम्मिलत प्रतिनिधिहरु पठाउने तयारी गरेका छन् । हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत […]

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ । यस अघि कांग्रेस पदाधिकारी बैठकमा आफूले नैतिकताका आधारमा राजिनामा दिने भन्दै निस्किएका थिए । सोमबार जेनजी ले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ भने ३ सय ४७ जना घाइते भएका […]