काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरी नगरपालिकाका सभापति जनार्दन केसीले चन्द्रागिरी नगरपालिकामा खोलामापदण्ड कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएका छन्। केसीले सामान्य नागरिकका घर–टहरा र साना संरचनामा कडाइका साथ खोलामापदण्ड लागू गरिँदै आएको तर ठूला उद्योग तथा कलकारखानालाई भने सोही मापदण्ड लागू नगरिएको दाबी गरे। उनले टाटा कम्पनीको सिप्रदी ट्रेनिङ सेन्टरले खोलालाई डाइभर्ट गरी […]
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी (निर्वाचन) प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म (बिदाका दिनसमेत) सबै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन सकिनेछ। यस अवधिमा सरकारले जम्मा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरीलाई ४० […]
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ बाट राष्ट्रिय मुक्ति आन्दोलन नेपालका तर्फबाट सि. के. पाख्रिन(सरोज) प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवार पाख्रिनले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार, शिक्षा, सामाजिक न्याय र सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उनले सबै स्थानमा सडक विस्तार, ढल निकासको प्रभावकारी व्यवस्थापन […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान राजनीतिक तथा संवैधानिक संकटको निकास सर्वपक्षीय सहमतिबाट खोजिनुपर्ने धारणा सार्वजनिक रूपमा अघि सारेका छन्। जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल र मिराज ढुङ्गानाले उठाउँदै आएको यही मागसँग कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मेल खाएको छ। जेन्जी आन्दोलनका अगुवाहरूले नागरिक अगुवा, राजनीतिक दल र विद्रोहमा सहभागी पक्षबीच व्यापक […]
रसुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा जिल्लाको राम्चे गाउँमा बृहत्तर कार्यक्रम आयोजना गर्दै र्यापिड एक्सन टिम (RAT) को कार्यक्रम सम्पन्न गरेको छ। बागमती प्रदेश संयोजक शेरबहादुर सिंह, विभागीय सदस्य रामकृष्ण श्रेष्ठसहित रास्वपाको रसुवा जिल्ला कमिटी, नगर तथा पालिका सभापतिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बुद्धिजीवी, कलाकार, पार्टीप्रेमी, शुभचिन्तक तथा स्थानीय नागरिकहरूको उल्लेख्य […]
गण्डकी । गण्डकी प्रदेशको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको भव्य प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी आएका नेता–कार्यकर्तासहित जेनजी युवा वर्गको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेता मनिषा झा लगायत विभिन्न विभागका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय नेता झाले नवप्रवेशीहरूलाई पार्टीको ब्याज लगाइदिँदै […]
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले आज र्यापिड एक्सन टिम गठनसँगै पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नुवाकोटको विदुरस्थित सुखद खाजा घर, बैकुट मा आयोजना गरिएको थियो। कार्यक्रमअन्तर्गत विभिन्न राजनीतिक पार्टी परित्याग गरी आएका युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। साथै र्यापिड एक्सन टिमअन्तर्गत संयोजक, सह–संयोजक, सचिवसहित ७७ सदस्यीय समिति गठन गरिएको […]
काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ । काठमाडौंबाट भद्रपुर उडान नम्बर ९०१ मा आएको 9N-AMF जहाज अवतरण गर्ने क्रममा रन–वेभन्दा केही बाहिर पुगेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । विमानमा सवार ५१ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सबै सुरक्षित रहेका छन् । […]
हेटौंडा । हेटौंडा–राप्ती पुल नजिकै रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि मापसे (मादक पदार्थ सेवन) चेकजाँचका क्रममा एक ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन्। मापसे चेकका लागि कार रोक्ने क्रममा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई सोही कारले करिब १० मिटरजति घिसारेर लगेपछि प्रहरी गम्भीर घाइते भएका हुन्। घटनापछि कार चालक कारसहित फरार भएका छन्। प्रहरीका अनुसार उक्त […]
काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय यतिबेला सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचनाको विषय बनेको छ। सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमार्फत सिराहा पुगेका थिए। उक्त वनभोज धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा आयोजना गरिएको थियो। मुख्यमन्त्री […]











