बिर्तामोडमा ‘केपी बा, आइ लभ यु’ भन्दै युवा सडकमा

२०८२ कार्तिक १, शनिबार २०:३०

झापा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले शनिबार झापाको बिर्तामोडमा ‘केपी बा आइ लभ यु’ भन्ने नारासहित वृहत मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

बिज्ञापन

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको समर्थन र ऐक्यबद्धता जनाउने उद्देश्यले निकालिएको सो र्‍यालीमा सयौं युवाहरू उत्साहपूर्वक सहभागी भएका थिए।

बिज्ञापन

बिर्तामोडको मुख्य सडक हुँदै गरिएको र्‍यालीमा सहभागीहरूले हातमा पार्टीको झण्डा र ओलीको तस्बिरसहितका पोस्टर बोकेका थिए। युवाहरूले ‘केपी बा, आइ लभ यु’, ‘देशको नेतृत्व ओलीलाई चाहिन्छ’ जस्ता नारासमेत लगाएका थिए।

र्‍यालीपछि आयोजित कोणसभामा वक्ताहरूले ओलीले देशको स्वाभिमान र राष्ट्रिय हितका लागि दृढ भूमिका खेलिरहेको भन्दै उहाँमाथि भएको राजनीतिक आलोचनालाई अस्वीकार गर्ने अभिव्यक्ति दिएका थिए।

बिज्ञापन
२०८२ कार्तिक १, शनिबार २०:३० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना