दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण

२०८२ कार्तिक ४, मंगलवार १६:५८

बेइरुत, अक्टोबर २१ — इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेका छन्। लेबनानको राष्ट्रिय समाचार संस्था (एनएनए) का अनुसार, आक्रमणपछि दक्षिणी क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।

बिज्ञापन

एनएनएले जनाएको अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर तथा त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा निरन्तर उडान गरिरहेका छन्। ती ड्रोनहरूको गतिविधिले स्थानीय बासिन्दामा त्रास र असुरक्षाको वातावरण उत्पन्न गरेको छ।

बिज्ञापन

इजरायली सेनाले भने दक्षिण लेबनानमा रहेको हिज्बुल्लाहका “आतङ्कवादी संरचना” लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। सेनाका अनुसार, हिज्बुल्लाह पुनः सक्रिय हुन खोज्दैछ, जुन इजरायल–लेबनानबीच भएको पूर्व समझदारीको खुला उल्लङ्घन हो।

गत वर्ष नोभेम्बर २७ देखि लागू भएको युद्धविरामका बाबजुद इजरायलले समय–समयमा लेबनानी भूभागमा हवाई आक्रमण गर्दै आएको छ। समझदारीअनुसार फेब्रुअरी १८ भित्र सीमावर्ती क्षेत्रबाट फौज हटाउनुपर्ने व्यवस्था भए पनि इजरायली सेना हाल पनि पाँचवटा सीमाक्षेत्रमा तैनाथ रहेको बताइएको छ।

बिज्ञापन
२०८२ कार्तिक ४, मंगलवार १६:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना