काठमाडौं । शुभ दीपावलीको अवसरमा राजधानीको ऐतिहासिक र धार्मिक स्थल मैतिदेवी मन्दिरमा चहलपहल देखिएको छ। दियो, माला र रंगीन बत्तीहरूले मन्दिर परिसर उज्यालो बनेको हो। भने भक्तजनहरूको भीडले सम्पूर्ण क्षेत्र उत्सवमय बनेको छ।
बिज्ञापन
लक्ष्मीपूजाको रातमा सर्वसाधारणले परिवारको सुख–समृद्धिको कामना गर्दै मन्दिरमा दियो बाल्न र पूजा गर्न पुगेका थिए। युवा र बालबालिकाले पटाका पड्काउँदै, तस्बिर र भिडियो खिच्दै दीपावलीको आनन्द लिइरहेका थिए।
बिज्ञापन
मन्दिर परिसरका पसलहरूमा फूलमाला, दियो, अगरबत्ती र पुजाका सामग्री किन्न आउनेहरूको भीड देखिएको थियो। स्थानीय व्यापारीहरूका अनुसार यस वर्षको तिहारमा गत वर्षको तुलनामा बढी भीड रहेको छ।
दीपावलीको अवसरमा मन्दिर र वरपरका गल्लीहरू रंगोली, बत्ती र फूलले सजिएका छन्। यसले सम्पूर्ण मैतिदेवी क्षेत्र उज्यालो र उमंगमय वातावरणमा परिणत भएको छ।



प्रतिक्रिया दिनुहोस्