काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दिपावलीसँगै बक्यौता तिर्न अटेर गरेका ६ ठूला उद्योगहरूको बिजुली आपूर्ति बन्द गरेको छ।
बिज्ञापन
प्राधिकरणका अनुसार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स सिमेन्ट, स्पिनिङ मिल, शिवम् सिमेन्ट, अर्गाखाँची सिमेन्ट र त्रिवेणी मिल लगायतका उद्योगहरूको लाइन काटिएको हो।
बिज्ञापन
यी उद्योगहरूलाई बक्यौता रकम चुक्ता गर्न २१ दिनको अल्टिमेटम दिइए पनि अटेर गरेपछि प्राधिकरणले कारबाहीस्वरूप बिजुली काटेको जनाएको छ।
प्राधिकरणका एक अधिकारीका अनुसार,“बारम्बार सूचना दिँदा पनि बक्यौता नतिरेपछि नियम अनुसार बिजुली आपूर्ति रोकिएको हो,।
बिज्ञापन
बिजुली काटिएसँगै सम्बन्धित उद्योगहरूमा उत्पादन कार्य रोकिएको र केहीले वैकल्पिक ऊर्जा स्रोतको प्रयोग गरेर संचालन गर्ने तयारी गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्