५ दिनभित्र पक्राउ नगरे ओली र लेखकलाई सडकमा घिसार्ने चेतावनी : डा. निकोलस भुसाल

२०८२ कार्तिक १६, आईतवार १२:४६

काठमाडौं । सामाजिक अभियन्ता डा. निकोलस भुसालले गृहमन्त्रीलाई कडा चेतावनी दिएका छन्। उनले पाँच दिनभित्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरे “घरभित्रबाटै निकालेर सडकमा घिसार्ने” चेतावनी दिएका हुन्।

बिज्ञापन

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत भुसालले हालैको जेन–जी आन्दोलनका क्रममा भएका हत्या, दमन र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही नहुने हो भने जनता आफैं उठ्ने बताएका हुन्।

बिज्ञापन

उनले भने, “जनताको धैर्यको परीक्षा नलिनुहोस्। पाँच दिनभित्र कारबाही नचलाए हामी सडकमा निर्णायक आन्दोलन गर्छौं।”

भुसालले हालको सरकारले भ्रष्टाचार र अपराधी संरक्षण गरेको आरोप लगाउँदै, कानून सबैका लागि बराबर हुनुपर्ने बताए। साथै उनले आन्दोलनमार्फत जनताको न्यायका लागि निरन्तर आवाज उठाइरहने पनि घोषणा गरे।

बिज्ञापन
२०८२ कार्तिक १६, आईतवार १२:४६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना