कराँतेका बरिस्ठ प्रशिक्षक राजेन्द्र कुमार ओझालाई तारकेश्वर नगरपालिकाले गरे सम्मान

२०८२ मंसिर २१, आईतवार २१:२३

काठमाडौ । नेपाल सितोरियो कराँतेका बरिस्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय कराँते रेफ्रि राजेन्द्र कुमार ओझा तारकेश्वर नगरपालिका काठमाडौबाट सम्मानित भएको छ । खेल तारकेश्वरकाे सन्देश एकताको नारालाई अगाडि बढाउदै मंसिर १३ देखि २० गतेसम्म अायाेजना रहेको चाैथाे तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएसँगै उक्त समारोहमा कराँतेका बरिस्ठ प्रशिक्षक राजेन्द्रलाई नगरपालिकाबाट सम्मान गरिएकाे हाे ।



नगरपालिकाले विभिन्न खेलकुदहरु मध्ये कराँते प्रतियोगिताकाे जिम्मेवारी प्रशिक्षक राजेन्द्रलाई दिएको थियोे । राजेन्द्रले अाफु संयाेजक रहेर चाैथाे तारकेश्वर मेयर रनिङ शिल्ड कराँते प्रतियोगिता भव्यताका साथ बिहीबार ज्ञानभुमि माध्यमिक विद्यालयमा सम्पन्न गरेका थिए । उनले विगत देखि तारकेश्वर नगरपालिका भित्रका खेलकुदकाे विकासमा पुर्‍याएकाे याेगदान र इमानदारीताकाे नगरपालिकाले मुल्यांकन गरेर उक्त सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

बिज्ञापन

नगरपालिकाकाका अधिकृतले भन्नुभयो “राजेन्द्र नहुनु भएको भए तारकेश्वरमा विशेषगरी कराँते खेलकाे गरिमा याे स्थानमा पुग्न सकिदैन थियोे, यसर्थ उहाँ हाम्रो नगरपालिकाकाे निमित्त सम्मानित व्यक्त हुनुहुन्छ, नगरपालिकाले सधैं उहाँलाई साथमै राखेर अघि बढ्नुपर्छ र सबै मिलेर नगरभित्रकाे खेलकाे गरिमा बढाउनुपर्छ ।

बिज्ञापन

२०८२ मंसिर २१, आईतवार २१:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना