जोरपाटीमा राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश विस्तारित बैठक जारी

२०८२ मंसिर २२, सोमबार १२:४०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशस्तरीय विस्तारित बैठक आज जोरपाटीस्थित बाँसुकी दरबार पार्टी प्यालेसमा जारी रहेको छ।
बैठकमा पार्टीका उपसभापति डीपी अर्याल, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुख तथा सदस्यहरू, प्रदेश, जिल्ला, नगर र वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।



कार्यक्रममा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले नेतृत्व विकास तथा लिडरशिप एकेडेमी सम्बन्धी विषयमा विस्तृत प्रस्तुति दिए। उनले पार्टीभित्र सक्षम नेतृत्व उत्पादन, क्षमता अभिवृद्धि र संगठन सुदृढीकरणका लागि एकेडेमीले महत्वूपर्ण भूमिका खेल्ने बताएका थिए। सोही विस्तारित बैठक बेलुका ५ बजेसम्म चल्नेछ।

बिज्ञापन

बैठकमा विभिन्न संरचनाका प्रतिनिधिहरूले संगठन विस्तार, आगामी कार्यक्रम तथा रणनीतिबारे सुझाव र धारणा राख्दै छलफल जारी राखेका छन्।

oplus_2

oplus_2

बिज्ञापन

२०८२ मंसिर २२, सोमबार १२:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना