काठमाडौंको चन्द्रागिरीमा महाविर पुनको पुस्तक बिक्री अभियान

२०८३ बैशाख २६, शनिबार १७:१५

काठमाडौं । प्रतिनिधि सभाका सांसद महाविर पुन ले शनिबार काठमाडौंको चन्द्रागिरि वार्ड ४ अन्तर्गत बाबा पेट्रोल पम्पको प्राङ्गणमा पुस्तक बिक्री गरेको छ।

बिज्ञापन

हाईकर ग्रुपका अध्यक्ष प्रसन्न गोपालीको अध्यक्षता तथा जेसिस एवं स्थानीय सामाजिक संघसंस्थाको निमन्त्रणामा पुन उक्त क्षेत्रमा पुगेका हुन्। पुस्तक खरिदका लागि स्थानीय बासिन्दा, युवायुवती तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बिज्ञापन

पुनले पुस्तक बिक्रीसँगै राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन अभियानबारे पनि जानकारी दिएका थिए। वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन उनी देशव्यापी रूपमा पुस्तक बिक्री अभियानमा सक्रिय छन्।
यसअघि उनले पोखरा, बागलुङ, बेनी, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, धरान लगायतका विभिन्न शहर तथा जिल्लामा पुगेर पुस्तक बिक्री गरिसकेका छन्। अभियानमा सर्वसाधारणबाट सकारात्मक साथ र सहयोग प्राप्त भइरहेको पुनले बताएका छन्।

कृषि औजार कारखाना सञ्चालनमा आए नेपाली किसानलाई आवश्यक उपकरण स्वदेशमै उत्पादन गर्न सकिने र आयातमा निर्भरता घट्ने पुनको विश्वास छ। उनले सरकारको मात्रै भर नपरी नागरिकस्तरबाट समेत उद्योग पुनर्जीवन अभियानमा योगदान आवश्यक रहेको धारणा राख्दै पुस्तक बिक्री अभियानलाई जनसहभागितामूलक रूपमा अघि बढाएका छन्।

प्रविधि, नवप्रवर्तन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको पुनको अभियानप्रति देशभर सर्वसाधारणको चासो बढ्दै गएको छ।

बिज्ञापन
२०८३ बैशाख २६, शनिबार १७:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना