काठमाडौं । सिंहदरबारस्थित नयाँ संघीय संसद् भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आधुनिक डिजाइन र सुविधासम्पन्न संरचनासहित निर्माण भइरहेको भवन अहिले अन्तिम तयारीमा छ।
बिज्ञापन
हाल भवनभित्र बैठक कक्षको सजावट, ध्वनि तथा प्रविधिसम्बन्धी जडानलगायतका प्राविधिक काम तीव्र रूपमा भइरहेका छन् ।
बिज्ञापन
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नयाँबानेश्वरस्थित पुरानो संघीय संसद् भवन आगजनीबाट क्षतिग्रस्त बनेपछि संसद् बैठकहरू अहिले सिंहदरबारभित्र निर्माण गरिएको अस्थायी हलबाट सञ्चालन हुँदै आएका छन् । नयाँ भवन पूर्ण रूपमा तयार भएपछि संसद् बैठक सोही भवनमा सारिने तयारी गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्