ठेकदारको लापरवाही वडा अध्यक्ष मौन

२०८३ जेष्ठ ८, शुक्रबार १७:०८

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ३ मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी नाली निर्माण भइरहेको भन्दै स्थानीयवासीले आवाज उठाइरहेका छन् । प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको योजनामा गुणस्तरमा लापरबाही भएको आरोप स्थानीयले लगाएका छन्।
स्थानीयका अनुसार निर्माण कार्यमा आवश्यक सोलिङ्ग नगरी ढलान गर्न खोजिएको छ भने प्राविधिक मापदण्डसमेत पूर्ण रूपमा पालना गरिएको छैन। विकास निर्माण कार्य छिटो सम्पन्न हुनुका साथै दीर्घकालसम्म टिकाउ, मजबुत र गुणस्तरीय हुनुपर्ने स्थानीयको माग छ।

बिज्ञापन

उपभोक्ताहरूले जनताको करबाट निर्माण हुने योजनामा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने बताएका छन्। “काम छिटो मात्रै होइन, राम्रो र गुणस्तरीय पनि हुनुपर्छ,” भन्दै उनीहरूले निर्माण पक्ष तथा सम्बन्धित निकायलाई गुणस्तर कायम गर्न आग्रह गरेका छन्।

बिज्ञापन

सरोकारवालाहरु भने यस विषयमा मौन देखिएका छन्। वडा अध्यक्ष दुर्गालाल महर्जन ले यस् विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
स्थानीयवासीले विकास निर्माणमा पारदर्शिता, गुणस्तर र जिम्मेवारी आजको आवश्यकता भएको भन्दै सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवश्यक सुधार गर्नुपर्ने माग गरेका छन्।

बिज्ञापन
२०८३ जेष्ठ ८, शुक्रबार १७:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना