काठमाडौं । संघीय सांसद प्रदीप बिष्टले काठमाडौंको चन्द्रागिरी किसीपिटीदेखि झ्याप्लेखोला सुरुङमार्ग निर्माणस्थलको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले सुरुङमार्ग निर्माणको प्रगति, सुरक्षा मापदण्ड, आपत्कालीन उद्धार प्रणाली तथा प्रभावित स्थानीयलाई उपलब्ध गराइएको मुआब्जाको अवस्थाबारे सम्बन्धित प्राविधिक पक्षसँग विस्तृत जानकारी लिएका हुन्।
बिज्ञापन
अनुगमनका क्रममा बिष्टले सुरुङभित्र कुनै ठूलो दुर्घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा उद्धार तथा व्यवस्थापन कसरी गरिने, रेस्क्यु टोलीको संरचना कस्तो छ, कुन–कुन निकायले के–कस्ता जिम्मेवारी निर्वाह गर्नेछन् भन्ने विषयमा इन्जिनियर तथा परियोजना पक्षसँग विस्तृत छलफल गरेका थिए।
बिज्ञापन
त्यसैगरी, सुरुङमार्ग निर्माणका कारण प्रभावित स्थानीयले मुआब्जा कति प्राप्त गरिसकेका छन्, कति परिवारले अझै मुआब्जा पाउन बाँकी छ, वितरण प्रक्रियामा देखिएका समस्या के–कस्ता छन् भन्ने विषयमा पनि उनले जानकारी लिँदै आवश्यक समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिएका थिए।
यद्यपि अनुगमन कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयहरूले निर्माणको गति, सुरक्षा, मुआब्जा तथा अन्य सरोकारका विषयमा आफ्ना धारणा राखेका थिए भने सांसद बिष्टले ती गुनासा सम्बन्धित निकायसमक्ष पुर्याई समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बिज्ञापन
पछिल्ला दिनहरूमा संघीय संसद् नियमित रूपमा सञ्चालन हुन नसकेको अवस्थाबीच सांसद बिष्ट जनताको घरदैलोमा पुगेर प्रत्यक्ष रूपमा समस्या, गुनासा र सुझाव संकलन गर्ने कार्यमा सक्रिय देखिएका छन्। विकास निर्माणको अनुगमन, स्थानीय समस्याको पहिचान तथा सामाजिक सेवामूलक गतिविधिमा उनको सक्रियता बढ्दै गएको स्थानीयले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्