काठमाडौं । सिराहाको लाहानमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँच जना भारतीय नागरिक र एक जना नेपाली रहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा अपरेसन चलाएको थियो। पक्राउका क्रममा उनीहरूले प्रतिरोध गरेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको जनाएको छ।
बिज्ञापन
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको छ। घटनामा संलग्न सबैमाथि लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्