दसैँलाई ५० हजार खसी–बोका र १२ हजार च्यांग्राको धमाधम बिक्री

२०८२ आश्विन ११, शनिबार ०९:०८

व्यवसायीले दसैँका लागि काठमाडौं उपत्यकामा ५० हजार खसी–बोका र च्यांग्रा आपूर्तिको व्यवस्था मिलाएका छन् । त्यस्तै, १२ हजार च्यांग्रा उपत्यका भित्रिसकेका छन् भने खसी–बोका दैनिक रूपमा आपूर्ति भइरहेको व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार प्युठान, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, दाङ, बर्दिया, मधेशका आठै जिल्ला हुँदै पूर्वी पहाडी क्षेत्रबाट खसी–बोका काठमाडौं आपूर्ति भइरहेको छ । दैनिक १०–१२ गाडी खसी–बोका आयातको प्रबन्ध मिलाइएको उनले जानकारी दिए । ‘यहाँको मागअनुसार करिब ५० हजारको संख्यामा खसी–बोका आपूर्ति हुने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने । काठमाडौंमा तराई र पहाडी क्षेत्रका खसी–बोकाको उच्च माग भएकाले किसानको खोरबाटै खरिद गरेर ल्याइरहेको उनले बताए ।

बिज्ञापन

२०८२ आश्विन ११, शनिबार ०९:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना