नख्खु कारागारमा काँग्रेस नेता सुनिल शर्मा र रास्वपा सभापति रवि लामिछानेबीच भेट, राजनीतिक वृत्तमा चासो

२०८२ मंसिर १०, बुधबार १४:२९

काठमाडौँ ।
नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद सुनिल शर्मा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। केही बेरअघि नेता शर्मा कारागार परिसरमा प्रवेश गरेको कारागार स्रोतले जनाएको छ।




फरक राजनीतिक दलमा रहे पनि सभापति लामिछानेमाथि राज्यले प्रतिशोधसहितको व्यवहार गर्दै आएको भन्दै नेता शर्मा लगातार सरकारको आलोचना गर्दै आएका थिए। लामिछानेविरुद्धको मुद्दा, पक्राउ प्रक्रिया र सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै शर्मा पछिल्लो समय खुलेरै रास्वपा सभापतिको पक्षमा बोल्दै आएका थिए।

बिज्ञापन

यता, जेन–जी आन्दोलनपछि फेरिएको राजनीतिक वातावरण, सत्ता समीकरणमा देखिएको उतार–चढाव र आसन्न निर्वाचनको तयारीबीच भएको यो भेटलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

बिज्ञापन

कारागारभित्र भएको भेटवार्ताको विषयवस्तु सार्वजनिक नभए पनि निकट स्रोतहरूले शिष्टाचार भेटसँगै वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल भएको अनुमान गरेका छन्।

बिज्ञापन
२०८२ मंसिर १०, बुधबार १४:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना