रास्वपाद्वारा इसाई धर्मावलम्बीलाई क्रिसमसको शुभकामना

२०८२ पुष १०, बिहीबार ११:५१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।




रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको शुभकामना सन्देशमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरिएको छ। सन्देशमा नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश भएको उल्लेख गर्दै यहाँ मनाइने हरेक चाडपर्व राष्ट्रिय एकताको आधार भएको जनाइएको छ।

बिज्ञापन

प्रभु येशु ख्रीष्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस पर्वले आपसी प्रेम, दया, क्षमा र भ्रातृत्वको सन्देश प्रवाह गर्ने महामन्त्री बुर्लाकोटीले उल्लेख गरेका छन्। विभिन्न समुदायबीचको सद्भाव र सहिष्णुताले नेपाली समाजलाई अझ सुन्दर र बलियो बनाउने उनको भनाइ छ।

बिज्ञापन

शुभकामना सन्देशमा परिवर्तन र समृद्धिको दिशामा अघि बढिरहेको नेपालको यात्रामा यस्ता सांस्कृतिक पर्वहरूले नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। साथै समाजमा विद्यमान सबै प्रकारका विभेद र अन्यायको अन्त्य गर्दै न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने संकल्पमा क्रिसमस पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ। जारी विज्ञप्तिमा लेखिएको हो।
कविन्द्र बुर्लाकोटी
महामन्त्री

बिज्ञापन
२०८२ पुष १०, बिहीबार ११:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना