काठमाडौँ । क्षेत्र नम्बर १० ले विगतका निर्वाचनहरूमा थुप्रै वाचा सुन्दै आएको छ। धेरै अनुहार देखिएका छन्, तर हरेक चुनावपछि उही कथा दोहोरिँदा जनतामा निराशा पनि उत्तिकै बढ्दै गएको छ। बोली र व्यवहारबीचको दूरी, घोषणापत्र र कार्यान्वयनबीचको असमानताले यस क्षेत्रका मतदातालाई अब फरक विकल्प खोज्न बाध्य बनाएको छ।

यही निराशा, मौन चाहना र वास्तविक परिवर्तनको अपेक्षाबाट काठमाडौँ १० मा नयाँ राजनीतिक यात्राको सुरुवात हुँदैछ। अब जनताले बोलीभन्दा कर्म बोल्ने, सत्ता केन्द्रित राजनीतिभन्दा सेवा केन्द्रित सोच चाहिरहेका छन्। पुरानो अभ्यासलाई निरन्तरता दिनेभन्दा नयाँ सोच र साहसिक निर्णयमार्फत राजनीतिको दिशा परिवर्तन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।
बिज्ञापन
क्षेत्र नम्बर १० का उम्मेदवार प्रदीप बिष्टका अनुसार यो यात्रा कुनै एक व्यक्तिको मात्र अभियान होइन, बरु संस्कार, प्रणाली र सोच बदल्ने संकल्प हो। सिद्धान्त, सुशासन र भावी पुस्ताको सुरक्षित भविष्यलाई केन्द्रमा राखेर अघि बढ्ने लक्ष्यसहित यो अभियान अघि सारिएको हो।
बिज्ञापन
उनले काठमाडौँ १० को नयाँ राजनीतिक कथाले अब परिवर्तन विकल्प नभई आवश्यकता बनेको स्पष्ट संकेत गरेको बताउँछन्। र, त्यो परिवर्तनको मार्ग राष्ट्रिय स्वतन्त्र पार्टी भएको दाबी गर्छन्। जनताको भरोसा, आशा र अपेक्षालाई व्यवहारमा रूपान्तरण गर्दै नयाँ राजनीतिक संस्कार स्थापित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
काठमाडौँ १० मा देखिएको यो राजनीतिक तरंगले आगामी निर्वाचनमा मतदाताको सोच र निर्णयमा उल्लेखनीय प्रभाव पार्ने संकेत देखिएको छ।



प्रतिक्रिया दिनुहोस्