काठमाडौं । आज महाशिवरात्रि पर्वका अवसरमा काठमाडौँ उपत्यकामा पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। देशका विभिन्न जिल्लासहित भारतलगायत छिमेकी मुलुकबाट आएका श्रद्धालुहरू दर्शनका लागि लामबद्ध देखिएका छन्। विदेशी पर्यटकहरूको पनि बाक्लो उपस्थिति रहेको छ।




मन्दिर परिसर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भीड व्यवस्थापन तथा सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरीले महिला भक्तजनलाई गहना–पात नलगाई दर्शनमा जान निर्देशन दिएको छ। सम्भावित चोरी तथा अप्रिय घटना रोक्न यस्तो आग्रह गरिएको प्रहरीले जनाएको हो।
बिज्ञापन
महाशिवरात्रिका अवसरमा भारतबाट साधु–सन्त (बाबा) हरूको पनि उल्लेख्य आगमन भएको छ। उनीहरू पशुपतिनाथ मन्दिर परिसरमा पूजाआजा तथा धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।
बिज्ञापन
भीड बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत विशेष योजना लागू गरिएको छ। सम्बन्धित निकायले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसेर दर्शन गर्न, सुरक्षाकर्मीको निर्देशन पालना गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।
महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ। यस दिन भगवान् शिवको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने परम्परा रहेको छ।



प्रतिक्रिया दिनुहोस्