विदेश जाने कामदारको स्वास्थ्य परीक्षणमा नयाँ व्यवस्था, सरकारद्वारा प्रक्रिया अघि बढाइयो

२०८२ चैत्र १७, मंगलवार १४:००

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्थालाई स्पष्ट र व्यवस्थित बनाउन सरकारले नयाँ प्रक्रिया अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधानलाई पुनः जोड दिइएको छ।

बिज्ञापन

मन्त्रालयका अनुसार यसअघि स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्थामा देखिएको अन्योललाई स्पष्ट पार्दै नेपाल सरकारको स्वामित्वमा रहेका वा स्वीकृत प्राप्त स्वास्थ्य संस्थाबाट मात्र परीक्षण गर्न पाइने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। यसले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्नुका साथै प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

बिज्ञापन

यसैबीच मन्त्रालयले स्वास्थ्य संस्था सूचीकृत गर्ने, नवीकरण गर्ने तथा अनुगमन गर्ने सम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएको छ। सम्बन्धित स्वास्थ्य संस्थालाई सूचीकृत तथा नवीकरणका लागि मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ भने सम्पूर्ण सरोकारवालालाई उक्त व्यवस्थाबारे जानकारी लिन अनुरोध गरिएको छ।

बिज्ञापन
२०८२ चैत्र १७, मंगलवार १४:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना