खैरो हेरोइन ५५१ ग्रामसहित १० जना पक्राउ

२०८३ बैशाख ३०, बुधबार १७:४९

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर तथा मातहत शाखा कार्यालयहरूले विभिन्न स्थानबाट खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेका छन्। ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्।
ब्यूरोका अनुसार पक्राउ परेकाहरूको साथबाट कुल ५५१ ग्राम खैरो हेरोइन, डिजिटल तराजु १ थान र नगद १६ लाख ६३ हजार ५५० रुपैयाँ बरामद गरिएको छ।

बिज्ञापन

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले ४१ ग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङ छबिस पाथिभेरा गाउँपालिका–१ का ३१ वर्षीय भरत ओखेडा, दोलखा मेलुङ गाउँपालिका–२ का ३६ वर्षीय गोपी कटुवाल तथा भारत बिहार भागलपुरका २४ वर्षीय मंगल राम रहेका छन्।
यस्तै, शाखा कार्यालय धनकुटा र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले १९१ ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–४ की ३४ वर्षीया गंगा राई र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का ३६ वर्षीय गोलभ केसी रहेका छन्।

बिज्ञापन

नेपालगञ्ज शाखाले २८० ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखिमपुर खिरीका ३५ वर्षीय तेजेन्द्र कुमार र २० वर्षीय विजय सिंह रहेका छन्।
त्यसैगरी पोखरा शाखाले ३० ग्राम खैरो हेरोइन, डिजिटल तराजु र ११ लाख ५८ हजार रुपैयाँ नगदसहित कास्की पोखरा महानगरपालिका–२१ बस्ने २२ वर्षीया कविता खातुनलाई पक्राउ गरेको छ।



सुर्खेत शाखाले ३ ग्राम खैरो हेरोइन र ५ लाख ५ हजार ५५० रुपैयाँ नगदसहित वीरेन्द्रनगर नगरपालिका–१४ का २० वर्षीय प्रशान्त सुनार र वडा नं. ३ का ४८ वर्षीय एकेन्द्र बहादुर सुनारलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

बिज्ञापन
२०८३ बैशाख ३०, बुधबार १७:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना