रास्वपा चन्द्रागिरि–१४ को प्रथम वडा अधिवेशन जेठ २ गते, सांसदसहित शीर्ष नेताको उपस्थिति रहने

२०८३ जेष्ठ १, शुक्रबार १८:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगरपालिका वडा नं. १४ ले आफ्नो प्रथम वडा अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन जेठ २ गते शनिबार बिहान ७ः३० बजे गोल्डस्टार ब्याङ्क्वेट, नैकप फुटबल ग्राउण्ड तल आयोजना हुने जनाइएको छ।

बिज्ञापन

अधिवेशनमा प्रमुख अतिथिका रूपमा बिष्णु श्रेष्ठ सहभागी हुनेछन् भने विशिष्ट अतिथिमा सांसद प्रदीप बिष्ट, भूमिका श्रेष्ठ र कृपा महर्जनको उपस्थिति रहने आयोजकले जनाएको छ। साथै, कार्यक्रममा केन्द्रीय विभागका नेताहरू तथा प्रदेश प्रमुखको समेत सहभागिता रहने बताइएको छ।

बिज्ञापन

रास्वपाले वडा स्तरमा संगठन विस्तार, सुदृढीकरण तथा कार्यकर्ताबीच आपसी समन्वय बढाउने उद्देश्यले अधिवेशन आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

बिज्ञापन
२०८३ जेष्ठ १, शुक्रबार १८:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना