काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन त्रिभुवन पार्क परिसरको ड्रिम ब्याङ्क्विटमा सम्पन्न भएको हो।
बिज्ञापन
अधिवेशनबाट हेमन्त लामाको संयोजकत्वमा ९ सदस्यीय वडा समिति गठन गरिएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय संगठन विभागका सदस्य साजन शर्मा, विज्ञान तथा सूचना सञ्चार विभागका सदस्य सोम तामाङ, खेलकुद विभागका सदस्य अर्जुन अधिकारी, क्षेत्रीय सभापति रामराजा थापा तथा नगर सभापति जनार्दन केसीलगायत विभिन्न वडाका सभापतिहरू, समर्थक तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।
बिज्ञापन
कार्यक्रमलाई सम्बोधन गर्दै संगठन विभागका सदस्य साजन शर्माले नवनिर्वाचित टिमलाई संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए। उनले पार्टीलाई वडा तहदेखि नै बलियो बनाउँदै जनताको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका थिए।


अधिवेशन उत्साहजनक सहभागितासहित सम्पन्न भएको नवनिर्वाचित वडा सभापति हेमन्त लामाले समष्टि नेपाल मिडियालाई जानकारी दिए।





प्रतिक्रिया दिनुहोस्