काठमाडौं । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित एक किराना पसलबाट प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ३१७.५४ ग्राम चरेससहित २५ वर्षीया साधना बोहरा पक्राउ परेकी छन् । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त परिमाणको चरेस फेला परेको जनाएको छ ।
बिज्ञापन
प्रहरीले पक्राउ परेकी बोहरामाथि थप अनुसन्धान जारी रहेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्