सभामुख अर्यालद्वारा सांसद राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

२०८३ असार २४, बुधबार १३:४९

काठमाडौं । सभामुख ले ले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको अभिव्यक्ति संसदीय अभिलेख (रेकर्ड) बाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।

बिज्ञापन

बुधबार बसेको प्रतिनिधिसभा बैठकका क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै, “सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि हुन्न?” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि सदनमा विवाद उत्पन्न भएको थियो र बैठक केही समयका लागि स्थगित गरिएको थियो।

बिज्ञापन

स्थगित बैठक पुनः सञ्चालन भएपछि सभामुख अर्यालले सांसद राईले आफ्नो मन्तव्यका क्रममा प्रयोग गरेका सम्पूर्ण विवादित शब्दहरू संसदीय अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।
सभामुखको निर्देशनसँगै उक्त अभिव्यक्ति अब प्रतिनिधिसभाको आधिकारिक अभिलेखमा समावेश नहुने भएको छ।

Oplus_131072

बिज्ञापन
२०८३ असार २४, बुधबार १३:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना