प्रहरीलाई नै चकित पार्ने तस्करीको शैली: सारीभित्र टेपले बेरेर ६०० एम्पुल लागूऔषध ल्याउँदै गरेकी महिला पक्राउ

२०८३ असार २४, बुधबार ०८:१६

वीरगञ्ज । नेपाल–भारत सीमा नाका वीरगञ्जमा सशस्त्र प्रहरीको सक्रिय चेकजाँचका क्रममा प्रहरीले महिलाले अपनाएको लागूऔषध तस्करीको नयाँ शैली पर्दाफास गरेको छ।

बिज्ञापन

सशस्त्र प्रहरीले शंकास्पद अवस्थामा रहेकी एक महिलामाथि जाँच गर्दा उनले सारीभित्र खुट्टाको भागमा टेपले बेरेर लुकाइराखेको ठूलो परिमाणको लागूऔषध फेला पारेको हो। जाँचका क्रममा डाइजेपाम, प्रोमेथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिन गरी कुल ६०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

घटनामा संलग्न रहेको आरोपमा उक्त महिलासहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा लागूऔषध ओसारपसार रोक्न सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाउँदै आएको जनाएको छ।

Oplus_131072

बिज्ञापन
२०८३ असार २४, बुधबार ०८:१६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना