इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले फेरि जित्यो विश्वकप

२०८३ असार २२, सोमबार ०८:१०

काठमाडौँ । अष्ट्रेलियाले महिला टी–२० विश्वकपको उपाधि सातौँ पटक आफ्नो नाममा दर्ता गरेको छ। लर्ड्स क्रिकेट मैदानमा सम्पन्न फाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले महिला क्रिकेटमा आफ्नो दबदबा फेरि एकपटक प्रमाणित गरेको हो।

बिज्ञापन

इङ्ल्यान्डले दिएको १ सय ५० रनको लक्ष्य अष्ट्रेलियाले १७.१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। बेथ मुनीले ६४ रन र फोएबी लिचफिल्डले ४८ रनको महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाए।

बिज्ञापन

यसअघि इङ्ल्यान्डले कप्तान न्याट साइभर–ब्रन्टको अविजित ५८ रन र फ्रेया केम्पको अविजित ४४ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। तर अष्ट्रेलियाको सन्तुलित बलिङ र आक्रामक ब्याटिङअघि त्यो योगफल पर्याप्त हुन सकेन।

बिज्ञापन
२०८३ असार २२, सोमबार ०८:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना