विराटनगर । गृहमन्त्री सुदन गुरुङले नेपाल–भारत सीमामा हुने तस्करी नियन्त्रणमा कुनै पनि किसिमको लापरवाही स्वीकार्य नहुने स्पष्ट पार्दै सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।
बिज्ञापन
विराटनगरस्थित नेपाल–भारत सीमाको स्थलगत निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन, सीमा क्षेत्रमा निगरानी थप कडा बनाउन तथा तस्करीमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिए।
बिज्ञापन
उनले तस्करसँग मिलेमतो (सेटिङ) गरेको पाइएमा सम्बन्धित सुरक्षा अधिकारी वा कर्मचारीलाई समेत कुनै छुट नदिइने चेतावनी दिँदै भने, “तस्करीमा संलग्न कसैलाई पनि नछाड्नु। तस्करसँग सेटिङ गरेको थाहा पाए म कसैलाई छोड्ने वाला छैन, निर्मम कारबाही हुनेछ।”




प्रतिक्रिया दिनुहोस्