रुकुम पश्चिममा सरकारी स्कार्पियो र बस ठोक्किए

२०८३ श्रावण ३, आईतवार १७:५७

रुकुम पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको जिल्ला समन्वय समिति रुकुम पश्चिमको सरकारी स्कार्पियो दुर्घटनामा परेको छ।

बिज्ञापन

आज बिहान मुसिकोट नगरपालिका–८ घोरखानीस्थित मध्यपहाडी राजमार्गमा सरकारी स्कार्पियो र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिज्ञापन

दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको र थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन
२०८३ श्रावण ३, आईतवार १७:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना