चितवनमा तीन सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

२०८३ श्रावण ३, आईतवार ०९:२१

चितवन, साउन ३ — चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत जलबिरे क्षेत्रमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २६ जना यात्रु घाइते भएका छन्।

बिज्ञापन

दुर्घटनापछि केही समय उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। प्रहरी, स्थानीयवासी र उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ।

बिज्ञापन

दुर्घटनाग्रस्त सवारीसाधन हटाएपछि अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ भने अहिले सवारी आवागमन सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन
२०८३ श्रावण ३, आईतवार ०९:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना