न्यायालयको गम्भीर समीक्षा आवश्यक भएको रास्वपा सांसद न्यौपानेको धारणा

२०८३ श्रावण २, शनिबार १३:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको कार्यसम्पादन र न्यायिक प्रणालीबारे गम्भीर पुनरावलोकन गर्ने समय आएको बताएका छन्।

बिज्ञापन

विशेष अदालतले नेकपा (एमाले) का नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै न्यौपानेले न्यायालयको समग्र प्रणालीमाथि निष्पक्ष र कठोर समीक्षा आवश्यक रहेको उल्लेख गरेका हुन्।

बिज्ञापन

उनले विगतका केही श्रृंखलाबद्ध घटनाक्रमले न्यायिक प्रणालीमा सुधार तथा पुनर्संरचना नगरी सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने संकेत गरेको दाबी गरेका छन्। साथै, आम नागरिकले न्यायप्रति विश्वास कायम राख्न सक्ने वातावरण सिर्जना गर्न पनि न्याय प्रणालीमा आवश्यक सुधार अपरिहार्य रहेको उनको भनाइ छ।

सांसद न्यौपानेले राज्यका सबै निकायले समयअनुकूल परिवर्तनलाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै देश परिवर्तनका लागि संस्थागत सुधार अपरिहार्य रहेको बताएका छन्। उनले आफ्नो धारणा आवेगमा व्यक्त गरिएको नभई गम्भीर समीक्षा र विश्लेषणपछि आएको निष्कर्ष भएको समेत स्पष्ट पारेका छन्।

बिज्ञापन
२०८३ श्रावण २, शनिबार १३:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना