काठमाडौं–१० का सांसद प्रदीप बिष्टको धन्यवाद, अन्तरक्रिया तथा रक्तदान कार्यक्रम सम्पन्न

२०८३ श्रावण २, शनिबार १०:१५

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टको उपस्थितिमा धन्यवाद, अन्तरक्रिया तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

शनिबार सिमचौर पिपलबोट परिसरमा आयोजित कार्यक्रममा सांसद बिष्टले निर्वाचनमा आफूलाई विश्वास गरी निर्वाचित गराउने मतदाता तथा आम नागरिकप्रति आभार व्यक्त गर्दै निर्वाचनपछि भएका काम, विकासका प्राथमिकता तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

बिज्ञापन

कार्यक्रममा काठमाडौं क्षेत्रीय सभापति रामराज थापा, पार्टीका केन्द्रीय विभागका सदस्यहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। साथै स्थानीय बासिन्दा र मतदाताले विकास निर्माण, सडक, खानेपानी, शिक्षा लगायतका जनचासोका विषयमा आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए, जसको जवाफ दिँदै सांसद बिष्टले उठाइएका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा पनि स्थानीय युवाहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। भने जनताहरुसग सुझाव सङ्कलन गरेको थियो।

oplus_0

oplus_0

oplus_0

oplus_0

बिज्ञापन
२०८३ श्रावण २, शनिबार १०:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना