साइप्रसमा नेपाली दूतावास स्थापनाको मागमा १,५१४ नेपालीको हस्ताक्षर, अभियानले पायो व्यापक समर्थन

२०८३ श्रावण ४, सोमबार ०८:३६

काठमाडौँ । साइप्रसमा नेपाली दूतावास स्थापना गर्नुपर्ने मागसहित सञ्चालन गरिएको हस्ताक्षर अभियानमा हालसम्म १ हजार ५१४ जना नेपाली नागरिकले प्रत्यक्ष हस्ताक्षर गर्दै समर्थन जनाएका छन्।

बिज्ञापन

अभियानका अनुसार साइप्रसका विभिन्न सहरमा सञ्चालन गरिएको हस्ताक्षर संकलनबाट लिमासोलमा सबैभन्दा बढी १ हजार १९७ जनाले हस्ताक्षर गरेका छन्। त्यस्तै पाफोसमा २५६ जना र लार्नाकामा ६१ जनाले समर्थन जनाएका छन्। निकोसियाबाट प्राप्त विवरण भने अझै संकलनको क्रममा रहेको जनाइएको छ।

बिज्ञापन

अभियानमा संलग्न पक्षले साइप्रसमा करिब १८ देखि २० हजार नेपाली नागरिक बसोबास गर्दै आएको उल्लेख गर्दै दूतावास स्थापना कुनै सीमित व्यक्तिको माग नभई सम्पूर्ण नेपाली समुदायको साझा आवश्यकता भएको जनाएको छ।

उनीहरूका अनुसार दूतावास स्थापनाले साइप्रसमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा, कानुनी सहजीकरण, आपत्कालीन सहयोग तथा आफ्ना अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

बिज्ञापन

अभियानकर्ताले हालसम्म सङ्कलन भएका १ हजार ५१४ हस्ताक्षरलाई केवल सङ्ख्या नभई साइप्रसमा रहेका हजारौँ नेपालीको पीडा, आवश्यकता, अधिकार र भविष्यसँग जोडिएको साझा आवाजका रूपमा व्याख्या गरेका छन्।

साथै, हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन सबै नेपाली समुदायलाई सहभागी भई समर्थन जनाउन आग्रह गरिएको छ। अभियानबाट सङ्कलित हस्ताक्षर सम्बन्धित निकायसमक्ष बुझाएर साइप्रसमा नेपाली दूतावास स्थापना गर्न औपचारिक पहल गरिने अभियानकर्ताहरूले बताएका छन्।

२०८३ श्रावण ४, सोमबार ०८:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

जनताका सरोकारसँगै विकास निर्माणमा सक्रिय सांसद बिष्ट, सुरुङमार्गको अनुगमन गर्दै सुरक्षा तयारीबारे जानकारी

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना