काठमाडौं । गत असोज २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरू आइतबार सिंहदरबारको मुख्य गेटमै धर्नामा बसेका छन्। सरकारसँग उपचार, क्षतिपूर्ति र न्यायको माग गर्दै उनीहरूले बिहानैदेखि सिंहदरबार प्रवेशको प्रयास गरे पनि सुरक्षाकर्मीले रोकेपछि गेट अगाडि नै बसेर धर्ना सुरु गरेका हुन्। यद्यपि “न्याय बिना शान्ति छैन” र “जेनजीलाई न्याय देऊ”भन्दै […]
झापा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले शनिबार झापाको बिर्तामोडमा ‘केपी बा आइ लभ यु’ भन्ने नारासहित वृहत मोटरसाइकल र्याली आयोजना गरेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको समर्थन र ऐक्यबद्धता जनाउने उद्देश्यले निकालिएको सो र्यालीमा सयौं युवाहरू उत्साहपूर्वक सहभागी भएका थिए। बिर्तामोडको मुख्य सडक हुँदै गरिएको र्यालीमा सहभागीहरूले हातमा पार्टीको […]
काठमाडौं : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको नेपाली सेनाले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले आन्दोलनका क्रममा मृत्यु भएकामध्ये २२ जना मात्र प्रदर्शनकारी रहेको र बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी तथा ४१ जना अन्य व्यक्ति भएको जानकारी दिएको हो। सेनाका […]
काठमाडौं । दाङ जिल्लामा एकैपटक सिङ्गो वडा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको छ। वडाका जनप्रतिनिधि, विभिन्न दलका कार्यकर्ता र स्थानीय नागरिकहरू सामूहिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रम दाङको एक वडामा विशेष समारोहबीच सम्पन्न गरिएको थियो। कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य, प्रदेश संयोजक र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले […]
काठमाडौँ: काठमाडौँको चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन सुरुङमार्ग अहिले अन्तिम चरणमा पुगेको छ। आज बेलुकाको दृश्यमा सुरुङ वरिपरि शोन्दर्यकरण र फिनिशिङका काम तीव्र गतिमा भइरहेको देखिन्छ। नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अन्तर्गत पर्ने चन्द्रागिरि क्षेत्रमा फ्लाइओभर र प्रवेशद्वार नजिक दुबो रोप्ने, बत्ती जडान गर्ने र सडक छेउछाउमा पर्खाल रंगाउने कार्य भइरहेको छ। निर्माण कम्पनीका इन्जिनियरका अनुसार अब केही दिनभित्र […]
काठमाडौं । जेनजी आन्दोलनमा सक्रिय दुई विद्यार्थीले प्रधानमन्त्रीको हालको नियुक्ति प्रक्रिया र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिट दर्ता गर्ने विद्यार्थीहरूका अनुसार संविधानको मर्म र लोकतान्त्रिक अभ्यासको उल्लंघन गर्दै प्रधानमन्त्री नियुक्ति गरिएको र त्यसको आधारमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै उनीहरूले न्यायिक समीक्षा माग गरेका हुन्। रिट निवेदकहरूले अदालतसमक्ष “संविधानको धारा […]
काठमाडौँ । ‘टिओबी’ लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेका युवकलाई प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ पेश गरेको हो । जेनजी आन्दोलनको पहिलो दिन संसद भवनतर्फ प्रदर्शनकारीलाई ठूलो आवाजमा मोटरसाइकल टोलीका साथ उक्साउँदै लैजाने समूहका रूपमा ती युवकहरू पहिचान गरिएको प्रहरीले जनाएको हो। प्रहरी स्रोतका अनुसार, उनीहरू ‘फ्री तिब्बत’ अभियानसँग सम्बन्धित रहेका शंका गरिएको […]
बारा । राष्ट्रिय युवा संघ नेपाल, बारा जिल्लाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दर्ता गरेको छ। संघले उनीहरूका हालैका अभिव्यक्तिहरूले राज्यको स्वाभिमान र राष्ट्रिय एकता विरुद्ध उत्तेजना फैलाउने काम गरेको आरोप लगाएको छ। संघका प्रतिनिधिहरूले प्रहरी कार्यालयमा पुगेर जाहेरी बुझाएका छन्। यसबारे […]
गाजा सिटी । गाजामा बन्धक बनाइएकाहरूलाई बोकेका रेडक्रसका सवारी साधनहरू सोमबार राति गाजा शहरको रिहाई स्थलबाट बाहिरिएका छन्। रिपोर्ट अनुसार, हमासले अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई सात जना इजरायली बन्धकहरू हस्तान्तरण गरेको हो। यो कदम इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत आएको हो। सम्झौता अनुसार, बन्धकहरूको रिहाइको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई […]
काठमाडौं, कीर्तिपुर,स्वच्छ वातावरण,हाम्रो अभियान” भन्ने नारासहित स्वतन्त्र स्वयंसेवक टिमले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको बगैंचामा सरसफाई अभियान सञ्चालन गरेको छ। सोही अभियानमा समाजसेवी बुद्धिजीवी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो। कार्यक्रममा सहभागिहरूले विश्वविद्यालय परिसरभित्रका फोहर संकलन गरी प्लास्टिकजन्य वस्तुहरूको उचित व्यवस्थापन गरेका थिए। भने अभियन्ता समाजसेवी कान्छी माया तामाङले खाजको व्यवस्थापन साथै स्थानीय समाजसेवी धर्म […]











